सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • सामुदायीक सारथीको नमोबुद्ध नगरसँग विपद व्यवस्थापन सम्बन्धी छलफल, बजेटको अभावले पहिरो हटाउन समस्या

सामुदायीक सारथीको नमोबुद्ध नगरसँग विपद व्यवस्थापन सम्बन्धी छलफल, बजेटको अभावले पहिरो हटाउन समस्या

4065
Shares
सामुदायीक सारथीको नमोबुद्ध नगरसँग विपद व्यवस्थापन सम्बन्धी छलफल, बजेटको अभावले पहिरो हटाउन समस्या

 

 

काभ्रे : स्थानीय तहमा सुशासनका लागि बिगतका बर्ष देखि पैरवी गर्दै आएको सामुदायिक सारथीले अवलोकन सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।

 

आज काभ्रेको नमोबुद्ध नगरपालिकामा भएको कार्यक्रममा पालिकामा विपद्ध न्यूनिकरण तथा व्यवस्थापनका बिषयमा छलफल भएको सामुदायिक सारथीका जिल्ला संयोजक भेष बहादुर दनुवारले जानकारी दिए ।

 

विपद्ध व्यवस्थापनमा स्थानीय नागरीक, स्थानीय व्यवसायिक संघ सस्थाको सामाजिक दायित्व भूमिका र आवश्यक्ता सहितको विषयमा छलफल भएको थियो ।

 

विपद कोष स्थापना र सञ्चालन विषयमा नमोबुद्ध नगरपालिकाले अन्तरपालिका, जिल्ला स्तरीय तथा अन्तर जिल्ला स्तरीय समन्वय र सहकार्य गरी अगाडी बढिरहेको पालिकाले जानकारी गराएको थियो ।

 

विपदका विषयमा नगरपालिकाको जोखिम क्षेत्र नक्सांकन तथा क्षेत्र सहितको पहिचानको साथै भुगोलको पहिचानमा नमोबुद्ध नगरपालिकाको स्पष्ट खाका समेत रहेको पाइएको जिल्ला संयोजक दनुवारले जानकारी दिए ।

 

नगरपालिकाको पालिका स्तरीय सरकार मार्फत विपद पश्चात तत्काल पुनर भरणको लागी श्रोत पर्याप्त नहुदा केहि अप्ठ्यारो समेत महशुस र कार्यान्वयनमा कठिनाई रहेका पालिकाले जानकारी गराएको थियो ।

 

त्यस्तै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले रोशी खोलाको तटिय क्षेत्रमा बारम्बार क्षति भैरहने, सिंचाई कुलोमा क्षति पुगिरहने, सालथुम्की पहिरो को कारण ग्रामणी सडक अबरुद्ध हुदा नागरीकले सास्ती भोग्नु परीरहेको जानकारी गराउँदै श्रोतको अभावको कारण केहि कठिनाई भएको जानकारी गराएका थिए ।

 

उनले ठुला प्रकारको विपद्धमा तहगत केन्द्रिय सरकार, प्रदेश सरकार तथा समन्वय गर्ने सामाजिक संघ सस्थाको पनि उक्तिकै समन्वयको साथ अगाडी बढ्न नमोबुद्ध नगरपालिका तयार रहेको समेत बताएका थिए ।

 

पानीका मुहानहरु सुख्खा हुदै गएको अवस्थालाई मध्यनजर गरेर नगरपालिकाले १ वडा १ पोखरी तथा १ वडा १ चौतारी निमार्ण अभियानलाई उच्च प्राथमिकता दिईएको पनि नगर प्रमुख तिमल्सिनाले जानकारी दिए ।

 

नगरपालिकामा रहेको दमकल, एम्बुलेन्स, नेपाली सेनाको आवश्यक सहयोग सहित वडागत सुचना प्रणालिको आधारमा पनि स्थानिय सरकार हरदम विपदमा चुस्त रहने प्रयास गरेको उनको भनाई छ ।

अन्तर जिल्ला सहयोग विपद्ध अन्र्तगत मेलम्ची बाडिपितको लागी समेत स्थानिय सरकार अन्र्तगत अन्तर जिल्ला स्थानिय सरकार सहयोग समन्वयमा नमोबुद्ध नगरपालिकाको अभियानबाट प्रष्ट भएको उनले कार्यक्रमा जानकारी गराएका थिए ।

 

कार्यक्रममा नमोबुद्ध नगरपालिका नगर प्रमु टिपी प्रसाद शर्मा तिमल्सिना, नमोबुद्ध नगरपालिका कृषि तथा पशु पक्षिं शाखा प्रमुख चिरञ्जिवी शर्मा, विपद्ध शाखा तथा प्राविधि उज्वल अर्याल, सञ्चारकर्मी, नागरिक समाज संस्थाका प्रतिनिधि गै.स.स. जिल्ला कोषध्यक्ष गंगा दोङं, हेड नेटवर्क संयोजक तथा जिल्ला वार सचिव मधुसुधन वाग्ले, युवा परिषद जिल्ला अध्यक्ष प्रकाश रोक्का,नागरीक समाजका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

 

कार्यक्रमको सहजिकरण सामुदायिक सारथिका जिल्ला संयोजक भेषराज दनुवारले गरेका थिए ।

 

4065
Shares

ट्रेन्डिङ