सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • काभ्रेको भुम्लुमा नेकपा एस र माओवादीबीच गठबन्धन

काभ्रेको भुम्लुमा नेकपा एस र माओवादीबीच गठबन्धन

16540
Shares
काभ्रेको भुम्लुमा नेकपा एस र माओवादीबीच गठबन्धन

काभ्रेको भुम्लु गाउँपालिकामा गठबन्धनबाट नेपाली कांग्रेस बाहिरिएको छ । नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएको छ ।

निरन्तरको छलफलपछि हिजो दुई पार्टीबीच लिखित सहमति भएको नेकपा एस भुम्लु गाउँपालिका कमिटी अध्यक्ष प्राणनाथ न्यौपानेले जानकारी दिनुभयो ।

लिखित सहमति अनुसार पालिका अध्यक्षको उम्मेदवार माओवादी केन्द्रले पाउने छ । नेकपा एसले उपाध्यक्षको उम्मेदवार पाउनेछ ।

सहमति अनुसार २, ७, ८, ९ र १० नम्बर वडा नेकपा (एकीकृत समाजवादी) ले पाउने छ । त्यस्तै १, ३, ५ र ६ नम्बर माओवादी केन्द्रले पाउनेछ ।

वडा नम्बर ४ मात्रै टुङ्गो लगाउन बाँकी । त्यो पनि आजै टुङ्गो लाग्ने नेकपा एस भुम्लु गाउँपालिका कमिटीका अध्यक्ष न्यौपानेले बताउनुभयो ।

16540
Shares

ट्रेन्डिङ