सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • विमानस्थलबाट बरामद सुनको परिमाण आज यकिन गरिँदै, ट्याक्सी चालकसहित ६ जना पक्राउ

विमानस्थलबाट बरामद सुनको परिमाण आज यकिन गरिँदै, ट्याक्सी चालकसहित ६ जना पक्राउ

2305
Shares
विमानस्थलबाट बरामद सुनको परिमाण आज यकिन गरिँदै, ट्याक्सी चालकसहित ६ जना पक्राउ

काठमाडौं, साउन ४ : राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको परिमाण आज यकिन गर्ने भएको छ ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज यकिन गरिने जानकारी दिए । घटनाको बहुआयामिक पाटोबाट अनुसन्धान अघि बढाइने पनि उनले जानकारी दिए ।

सुन हङ्कङबाट आएको खुले पनि तस्करमा सम्लग्न, प्रयोजन र यकिन परिमाणबारे थप अनुसन्धान पछि मात्र भन्न सकिने ढुङ्गानाले बताए । सुन ओसारपसारमा संलग्न रहेका ट्याक्सी चालकसहित ६ जनालाई पक्राउ गरिएको छ । दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई ट्याक्सी चालक र थप दुई जनासमेत गए राति नै पक्राउ परेको राजश्व अनुसन्धान स्रोतले बतायो ।

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद गरिएको थियो ।

2305
Shares

ट्रेन्डिङ