सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • कक्षा ११-१२ लाई पढाउने रञ्जु दर्शनाको इच्छा, फेसबुकबाटै मागिन् जागिर

कक्षा ११-१२ लाई पढाउने रञ्जु दर्शनाको इच्छा, फेसबुकबाटै मागिन् जागिर

1650
Shares
कक्षा ११-१२ लाई पढाउने रञ्जु दर्शनाको इच्छा, फेसबुकबाटै मागिन् जागिर

काठमाडौं, साउन ४ : विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले आफुलाई पढाउने इच्क्षा रहेको भन्दै जागिर खोजिरहेको बताएकी छन् ।

दर्शनाले सामाजिक सञ्जाल मार्फत यस्तो इच्क्षा रहेको भन्दै कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि सामाजिक अध्ययन अध्यापन गर्न उत्सुक रहेको बताएकी हुन् ।

‘हाई स्कूलको लागि नयाँ सत्रहरू चाँडै सुरु हुँदैछ, मैले अन्ततः विद्यार्थीहरूसँग संलग्न हुने, उनीहरूबाट सिक्ने र उनीहरूलाई उनीहरूको शैक्षिक क्षेत्रमा मार्गदर्शन गर्ने बाटोमा हिंड्ने निर्णय गरेको छु,’ उनले लेखेकी छन् ।

दर्शनाले कुनै पनि संस्थामा अवसर दिए आफु गेष्ट लेक्चरको भुमिकामा रहन समेत तयार रहेको बताएकी छन् ।

1650
Shares

ट्रेन्डिङ