सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बढ्यो सुनको भाउ, सस्तियो चाँदी

बढ्यो सुनको भाउ, सस्तियो चाँदी

2175
Shares
बढ्यो सुनको भाउ, सस्तियो चाँदी

काठमाडौं, २२ भदौं : साताको अन्तिम कारोबार दिन आज शुक्रबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

 

2175
Shares

ट्रेन्डिङ