सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • सानिमा बैंकको १४.७० प्रतिशत लाभांश घोषणा

सानिमा बैंकको १४.७० प्रतिशत लाभांश घोषणा

1020
Shares
सानिमा बैंकको १४.७० प्रतिशत लाभांश घोषणा

काठमाडौँ :- सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १४.७० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार (भदौ २८ गतें) बसेको सञ्चालक समिति बैठकले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र सानिमाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । बैंकले हाल कायम १२ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरेको हो ।

1020
Shares

ट्रेन्डिङ