सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

1040
Shares
घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

मंगलबार सुनचाँदीको भाउ घटेको छ । 

आज छापावाला सुन प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख २ हजार १९५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ७२५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ८६ पैसा तोकिएको छ ।

 सोमबार प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २४ सय रुपैयाँले घटेको हो । 

1040
Shares

ट्रेन्डिङ