सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ७ वटा बैंक तीन महिनामा अर्बपति

७ वटा बैंक तीन महिनामा अर्बपति

1395
Shares
७ वटा बैंक तीन महिनामा अर्बपति

काठमाडौं | सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ७ वटा बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् । अर्बपति क्लबमा प्रवेश गरेका ७ बैंकमध्ये २ वटाको नाफा घटेको छ भने ५ वटा बैंकको नाफा बढेको छ ।

बैंकहरुले प्रकाशित गरेको असोजसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नबिल, प्राइम, एनआईसी एशिया, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र प्रभु बैंक तीन महिनामै अर्बपति क्लबमा प्रवेश गरेका हुन् । जसमध्ये नबिल र एनआईसी एशिया बैंकको नाफा घटेको छ भने बाँकी बैंकको नाफा बढेको छ ।

अर्बपति क्लबमा प्रवेश गरेको नबिल बैंकको नाफा १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ छ भने प्राइम बैंकको नाफा १ अर्ब १५ करोड १५ लाख २२ हजार रुपैयाँ छ ।

असोज मसान्तसम्म एनआईसी एशिया बैंकले १ अर्ब १ करोड ३ लाख ८३ हजार, ग्लोबल आइएमई बैंकले १ अर्ब २२ करोड ५७ लाख ५४ हजार र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ५२ करोड २२ लाख ९९ हजार रुपैयाँ नाफा गरेको छ । अर्बपति क्लबमा प्रवेश गरेका बैंकमा सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ ।

यस्तै हिमालयन बैंकले १ अर्ब ५ करोड ६१ लाख ८३ हजार र प्रभु बैंकले १ अर्ब ३४ करोड २ लाख १४ हजार रुपैयाँ नाफा गरेको छ ।

1395
Shares

ट्रेन्डिङ