सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ३ वटा पालिकाको प्रथम त्रैमासिक समिक्षा संम्पन

३ वटा पालिकाको प्रथम त्रैमासिक समिक्षा संम्पन

1145
Shares
३ वटा पालिकाको प्रथम त्रैमासिक समिक्षा संम्पन

काभ्रे । काभ्रे जिल्लाको ३ स्थानीय तहको प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र तेमाल गाउँपालिकाको आर्थिक बर्ष २०८०÷८१ को प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको हो । नमोबुद्ध नगरपालिकाको व्यवस्थापनमा भकुण्डेवेशीमा भएको समिक्षामा जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख,उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, राजनीतिक दलका प्रमुख, वडाअध्यक्ष, सञ्चारकर्मी र कर्मचारीको उपस्थिती थियो ।

समिक्षामा चालु आर्थिक बर्षको ३ महिनाको अवधीमा भएको आर्थिक, भौतिक प्रगतिको समिक्षा गरिएको हो । नमोबुद्ध नगरपालिकाको तर्फबाट योजना अधिकृत विष्णुकुमार अधिकारी, रोशी गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ र तेमाल गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले प्रस्तुती गरेका थिए ।

कार्यक्रमको उद्धघाटन गर्दै खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले जिल्लाको विकासको लागि लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए । उनले आफूले प्रदेश सरकारबाट काभ्रेमा उल्लेख्य बजेट विनियोजन गराएको भन्दै ती योजना सफल बनाउन सबै तहले सहयोग गर्नुपर्ने बताए ।जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले जिल्लाका १३ वटै स्थानीयलाई ६ वटा कल्ष्टरमा विभाजन गरेर प्रथम त्रैमासिक अवधीको समिक्षा गरिने बताए । प्राप्त सुझाव र निष्कर्ष प्रदेश र संघ सरकारलाई पनि पठाउने उनले जानकारी दिए ।

नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले योजना तर्जुमादेखि नै आफूले सबै नगरपालिकामा सबै राजनीतिक दललाई समावेश गराएर अघि बढेको भन्दै सबैका सामुहिक प्रयासमा विकास गरिने बताए । जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले यस्ता समिक्षाले एक अर्को पालिकाबाट सिकाइ हुने धारणा राखे ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले योजना बनाउँदा जनतालाई केन्द्रीत गरेर बनाउने भन्दै संविधान, स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार अनुसार नै काम अघि बढाएको बताए ।प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विकास र सेवा प्रवाहमा शान्ती सुरक्षा पहिलो शर्त भएको भन्दै स्थानीय सरकारसंग हातेमालो गरेर अघि बढ्ने बताइन् ।

तेमाल गाउँपालिका उपाध्यक्ष दलमान (डिएम) थोकरले संघ र प्रदेश सरकार समेतको समन्वयमा गाउँपालिकामा विभिन्न खाले योजना सञ्चालन गरिएको बताए । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले स्थानीय तहका कामकारबाही गतिविधीलाई सुक्ष्म रुपमा अध्ययन गरिरहेको भन्दै सञ्चार क्षेत्रले रचनात्मक प्रतिपक्षको भुमिका खेल्ने बताए ।

1145
Shares

ट्रेन्डिङ