सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • गौशालामा गोली चल्यो, एक जना घाइते

गौशालामा गोली चल्यो, एक जना घाइते

8920
Shares
गौशालामा गोली चल्यो, एक जना घाइते

काठमाडौं : काठमाडौंको गौशालामा गोली चलेको छ। गोली प्रहारबाट एक जना घाइते भएका छन्। घाइतेको खुट्टामा चोट लागेको छ।

गौशालाको शारदा माध्यमिक विद्यालय नजिकै सोमबार दिउँसो एक जना व्यक्तिमाथि गोली प्रहार भएको हो। गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ। घाइतेको परिचय खुल्न बाँकी छ।

गोली प्रहार गर्ने व्यक्तिले चुप्पी र कटुवा पेस्तोल छाडेर फरार भएको प्रहरी स्रोतले जनाएको छ। कालो सर्ट, कालो पाइन्ट, सर्टको बाहुला च्यातिएको तराई मुलको जस्तो देखिने व्यक्ति गोली प्रहार गरी फरार रहेको बताइएको छ।

8920
Shares

ट्रेन्डिङ