सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • आगो ताप्ने क्रममा सासू बुहारीको मृत्यु

आगो ताप्ने क्रममा सासू बुहारीको मृत्यु

715
Shares
आगो ताप्ने क्रममा सासू बुहारीको मृत्यु

डडेल्धुरा । जिल्लाको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर  सासू बुहारीको मृत्यु भएको छ ।

उटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न बालेको आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेको प्रहरीले जनाएको छ ।

बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा आज बिहान अस्पताल पुर्‍य ाइएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए । 

715
Shares

ट्रेन्डिङ