सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा उपनिर्वाचनका लागि मतदाता नामावली अधावधिक सम्बन्धी बैठक सम्पन्न

काभ्रेमा उपनिर्वाचनका लागि मतदाता नामावली अधावधिक सम्बन्धी बैठक सम्पन्न

510
Shares
काभ्रेमा उपनिर्वाचनका लागि मतदाता नामावली अधावधिक सम्बन्धी बैठक सम्पन्न

काभ्रे :- काभ्रेमा उप निर्वाचनलाई मतदाता नामावली अधाबधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम २०८० सम्बन्धि बैठक सम्पन्न भएको छ ।

बझाङ र ईलामका लागि सरकारले तोकेपछि मतदाता अधावधिक कार्यक्रम अगाडी बडाउने भएको हो । आगामी उप निर्वाचनका लागी २०८० फाल्गुन २८ गते वेवसाइडमा मतदाता नामावली सार्वजनिक गर्दै छ ।

जुन नामावलीमा त्रुटी सच्च्याउन , दोहोरोनाम हटाउन र दाबि विरोध गर्न भने फाल्गुन २९ फाल्गुन देखि चैत्र ५ गते सम्म निवेदन दिन सक्नेछ । बैठकमा काभ्रेमा भएका राजनीतिदलका प्रतिनिधि , प्रमुख जिल्ला अधिकारी रुद्रा देबि शर्मा , जिल्ला प्रहरी कार्यलय प्रमुख बसुन्धरा खड्का , जिल्ला समन्वय समितीका प्रवक्ता अपसरा ढुंगाना र पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री राज तिमल्सिना लगाएत सन्चारकर्मिको बाक्लो उपस्थितिमा सो बैठक सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यलय काभ्रेका प्रमुख उमेश राईले सानो प्रस्तुती सहित मतदाता नामावली अधावधिक तथा अन्तिम नामावलीमा आफ्नो त्रुटी सच्याउन र दोहोरो नाम हटाउने र दाबी विरोधका निवेदन दिनु हुन राईले अनुरोध गरेका थिए

510
Shares

ट्रेन्डिङ