सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • जुवा खालबाट पक्राउ परेका कलाकार धरौटीमा छुटे

जुवा खालबाट पक्राउ परेका कलाकार धरौटीमा छुटे

1120
Shares
जुवा खालबाट पक्राउ परेका कलाकार धरौटीमा छुटे

काठमाडौं । जुवा खेलेको आरोपमा पक्राउ परेका कलाकार तथा गायकसहित ९ जना धरौटीमा छुटेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले ९ जनालाई जनही १५ हजार धरौटीमा छाडे‍को जिल्ला प्रहरी परिसर काठमाडौं‌का एसपी कुमोध ढुंगेलले जानकारी दिए।

गत शनिबार प्रहरी वृत्त सिंहदरबारले काठमाडौं महानगरपालिका-२९ मैतिदेवीमा रहेको नृत्य सिकाउने ठाउँ ‘डान्स फिभर’ बाट ९ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा एक जना भोजपुर घर भएका डान्स फिभरका सञ्चालक ४५ वर्षीय गजित भन्ने गणेश विष्ट थिए। उनले ‘मायाज बार’ नामक फिल्ममा काम गरिसकेका छन्।

उनका भाइ नरेन्द्र विष्ट (गम्भीर) पनि पक्राउ परेका थिए। पेसाले कोरियोग्राफर उनले ‘उध्रेको चोली’ गीतको कोरियोग्राफी गरेका थिए । त्यस्तै अन्य थुप्रै म्युजिक भिडिओहरूमा समेत उनले कोरियोग्राफी गरेका छन्। गायक चक्र बम, ‘इकु’ पात्रका रूपमा चर्चित कलाकार सुलेमान शंकर, रोशन सिंह, शंकरप्रसाद आचार्य, टाइम मगर, सुरेन्द्र साउद र घनश्याम अधिकारी पक्राउ परेका थिए।

उनीहरूबाट प्रहरीले एक लाख ९० हजार ९२० रूपैयाँ बरामद गरेको थियो।

1120
Shares

ट्रेन्डिङ