सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • चर्चित युट्युबर सर्पको विष तस्करी गरेको आरोपमा पक्राउ

चर्चित युट्युबर सर्पको विष तस्करी गरेको आरोपमा पक्राउ

325
Shares
चर्चित युट्युबर सर्पको विष तस्करी गरेको आरोपमा पक्राउ

काठमाडौं | चर्चित भारतीय युट्युबर तथा रियालिटी शो ‘बिग बोस ओटीटी सिजन २’ का विजेता एल्विश यादवलाई उत्तर प्रदेशको नोएडा प्रहरीले पक्राउ गरेको छ । रेभ पार्टीमा सर्पको विष तस्करी गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको थियो । उनीसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई सुरजपुर अदालतमा पेश गरिएको थियो । अदालती आदेशपछि उनलाई १४ दिन हिरासतमा पठाइएको थियो । यो मामिला लामो समयदेखि अनुसन्धानको क्रममा थियो । उनीविरुद्ध एफआईआर पनि दर्ता भएको थियो ।

प्रहरीले त्यहाँबाट नौवटा सर्प बरामद गरेको थियो । जसमध्ये पाँच कोब्रा थिए भने एक अजिंगर र दुईवटा सर्पको टाउकोसहित एउटा रातो सर्प फेला पारेको थियो । सोधपुछ गर्दा यी सामग्री रेभ पार्टीमा प्रयोग हुने गरेको पाइयो ।

अनुसन्धानका क्रममा मुख्य अभियुक्तको रुपमा एल्विश भेटिएका थिए । प्रहरीले ग्राहक बनेर एल्विशलाई समातेको थियो । पक्राउ परेका पाँचै जनालाई वन्यजन्तु संरक्षण ऐन १९७२ को धारा ९, ३९, ४८ ए, ४९, ५० र ५१ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

325
Shares

ट्रेन्डिङ