सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सामाजिक सद्भाव र पारिवारिक एकता कायम राख्न टिकटक बन्द गरियो : प्रधानमन्त्री प्रचण्ड

सामाजिक सद्भाव र पारिवारिक एकता कायम राख्न टिकटक बन्द गरियो : प्रधानमन्त्री प्रचण्ड

900
Shares
सामाजिक सद्भाव र पारिवारिक एकता कायम राख्न टिकटक बन्द गरियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र पारिवारिक एकता कायम राख्न टिकटकमा प्रतिबन्ध लगाउनुपरेको बताएका छन् ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

नेपाल संवत् ११४४ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।

समाजमा अराजकता फैलाउने प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एकठाउँमा उभिएर यो निर्णय गरिएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

उनले अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा लोकतान्त्रिक र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको अध्ययन गरेर टिकटक बन्द गरेको बताएका छन् ।

900
Shares

ट्रेन्डिङ