सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१

कस्तो छ देशभरको मौसम ?

730
Shares
कस्तो छ देशभरको मौसम ?

 देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको छ । त्यसैले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भनेको छ । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहे पनि उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी तीन दिनसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

730
Shares

ट्रेन्डिङ