सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु

बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु

755
Shares
बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु

चरिकोट । दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु भएको छ । 

बन्दुक पड्किएर छर्राले लाग्दा सोही स्थानका २० वर्षीय सञ्जिव सार्कीको मृत्यु भएको हो । सञ्जिव आफैंले बोकेको भरुवा बन्दुकबाट अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेको थियो ।

सञ्जिवको मृत्यु भएको घटना सार्वजनिक भएपछि उनीसँगै शिकार खेल्न गएका स्थानीय ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही स्थानका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगी, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय सञ्जिव पोख्रेल र तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षीय अविदित कार्कीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

755
Shares

ट्रेन्डिङ