सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एमालेलाइ उपप्रधानमन्त्री सहित ८ मन्त्रालय

एमालेलाइ उपप्रधानमन्त्री सहित ८ मन्त्रालय

550
Shares
एमालेलाइ उपप्रधानमन्त्री सहित ८ मन्त्रालय

काठमाडौं । नयाँ गठबन्धनमा मन्त्रालयको सिट संख्या लगभग टुङ्गिएको छ । 

‘सिट संख्या लगभग टुंगिएको छ, अन्य दलसँग छलफल गरेर सबै मन्त्रालयको टुंगो गर्ने भन्ने छ,’ एक नेताले बताए । उनका अनुसार मन्त्रालयको जिम्मेवारी वाँडफाँड भने सरकारमा सहभागी हुने दलको टुंगो लागे पछि मात्रै निष्कर्षमा पुग्ने कुरा रहेको छ ।

जसअनुसार  एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने प्रारम्भिक सहमति भएको बाँकी मन्त्रालय नेकपा एसलगायतलाइ दिइने बुझिएको छ ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय कार्यदलमा भएको सहमति अनुसार प्रचण्ड सरकारको मन्त्रीमण्डलमा सिट संख्या लगभग टुंगिएको हो ।

550
Shares

ट्रेन्डिङ