सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • हराएको सुन र चाँदीको गहना फिर्ता

हराएको सुन र चाँदीको गहना फिर्ता

4685
Shares
हराएको सुन र चाँदीको गहना फिर्ता

महानगरीय ट्राफिक प्रहरी महाशाखाले छ तोला सुन र ११ तोला चाँदीको गहना सम्बन्धित धनीलाई बुझाएको छ ।
गत फागुन १ गते काठमाडौँको सोल्टीदोबाटोबाट कीर्तिपुर जाने क्रममा नम्बर नखुलेको कारमा अमिरा खड्काको सुनका गरगहनासहितको झोला छुटेकोमा महाशाखाले पत्ता लगाई आज सम्बन्धित धनीलाई बुझाएको हो ।
यस्तै महाशाखाले आजै विभिन्न समयमा विभिन्न ठाँउबाट हराएका नौवटा मोटरसाइकल फेला पारी सम्बन्धित सवारीधनीलाई फिर्ता गरेको छ । महाशाखाले उज्वल शिल्पकार, दुर्गाबहादुर घले, कृष्णप्रसाद अधिकारी, सञ्जित मानन्धर, सञ्जोग केसी, राजकुमार चौधरी, गुम्बा भुजेल, रविन खत्री र पासाङकिर्पा शेर्पाको मोटरसाइकल फिर्ता गरेको हो ।
हराएको सामान बुझाउँदै महाशाखा प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले आफ्नो सामानको सुरक्षा आफै गर्न आग्रह गर्नुभयो । उहाँले मोटरसाइकल एकान्त स्थानमा पार्किङ नगर्ने, रातको समयमा तोकिएको उज्यालो स्थानमा मात्र पार्किङ गर्न तथा अस्पताल क्षेत्रमा पार्किङ गर्दा विशेष सुरक्षा अपनाउन आग्रह समेत गर्नुभयो । रासस

4685
Shares

ट्रेन्डिङ