सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्यान्डब्यागमा लाग्यो आगो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्यान्डब्यागमा लाग्यो आगो

1015
Shares
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्यान्डब्यागमा लाग्यो आगो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ ।

एयर चाइनाको जहाजबाट चीन जान लागेको यात्रुको ह्याण्डब्यागमा आगो लागेको र आगो तत्काल निभाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष साहले जानकारी दिएका छन् ।

बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला ह्याण्डब्यागमा आगो लागेको थियो । 

यात्रुले पिठ्युँमा बोकेको ब्यागभित्र पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेका बेला पावरब्यांक पड्किएर झोलामा आगो लागेको थियो । ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरुले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

1015
Shares

ट्रेन्डिङ