सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  •  दुई महिनादेखि बेपत्ता युवती मृत भेटिइन्

 दुई महिनादेखि बेपत्ता युवती मृत भेटिइन्

820
Shares
 दुई महिनादेखि बेपत्ता युवती मृत भेटिइन्

धनगढी । बैतडीमा दुई महिनादेखि बेपत्ता युवती मृत  भेटिएकी छन् ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक गिरीले असोज २५ गतेदेखि बेपत्ता महराको शव सामुदायिक वनमा भेटिएको पुष्टि गरेका छन् । सुर्नया गाउँपालिका-८ की २० वर्षीया कल्पना महरा स्थानीय कैलपाल सामुदायिक वनमा मृत अवस्थामा भेटिएको  गिरीले जानकारी दिए ।

महराका परिवारले लुगाका आधारमा उनको पहिचान गरेको प्रहरी जनाएको छ ।

महरा घरबाट गोठालो गएका बेला असोजमा हराएकी थिइन् । मृतकको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

820
Shares

ट्रेन्डिङ