सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • पत्रकारका लागि चिहान बन्दै गाजा , ९४ जनाले गुमाए ज्यान

पत्रकारका लागि चिहान बन्दै गाजा , ९४ जनाले गुमाए ज्यान

850
Shares
पत्रकारका लागि चिहान बन्दै गाजा , ९४ जनाले गुमाए ज्यान

गाजा | हमास र इजरायलबीचको ३० वर्ष लामो संघर्षमा मारिएका पत्रकारको संख्या भन्दा यव वर्ष मारिएका पत्रकारको संख्या उल्लेख्य रहेको प्रतिवेदन सार्वजनिक भएको छ। पत्रकारहरूको संगठन इन्टरनेशनल फेडेरेसन अफ जर्नालिस्ट (आइएफजे)को पछिल्लो प्रतिवेदनमा पत्रकारहरूको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गरिएको छ।

डिसेम्बर-८ मा आइएफजे ले आफ्नो प्रतिवेदन जारी गरेको छ। जसमा सन् २०२३ मा विश्वभर ९४ जना पत्रकारले ज्यान गुमाएका छन्। आईएफजेले आफ्नो वार्षिक प्रतिवेदनमा यो वर्ष विश्वभर ४०० भन्दा बढी पत्रकार जेल परेको पनि जनाएको छ। आइएफजेका अध्यक्ष डोमिनिक पाराडेलीले भने, ‘पत्रकारहरूको सुरक्षाका लागि नयाँ विश्वव्यापी मापदण्ड र अझ प्रभावकारी अन्तर्राष्ट्रिय उपायहरूको आवश्यकता अहिले बढेर गएको छ।’

आइएफजेका अनुसार इजरायल–हमास युद्धमा यो वर्ष ६८ पत्रकारले ज्यान गुमाएका छन्। अक्टोबर ७ बाट सुरु भएको यो युद्धमा दैनिक एकभन्दा बढी पत्रकारको मृत्यु भयरहेको छ। यो वर्षभरि हुने मृत्युको ७२ प्रतिशत हो। इजरायली सेनाले हमासविरुद्धको कारबाही जारी राखेको गाजा पट्टीमा मारिएका अधिकांश प्यालेस्टिनी पत्रकार थिए।

संगठनले भन्यो, ‘आईएफजेले सन् १९९० देखि कारबाहीमा मारिएका पत्रकारहरूको रेकर्ड राख्दै आएको छ र कुनै युद्धमा यति धेरै पत्रकार मारिएको कहिल्यै देखेको छैन।’ सन् २०२३ मा उत्तर र दक्षिण अमेरिकामा पत्रकारको हत्यामा कमी आएको प्रतिवेदनले जनाएको छ। गत वर्ष त्यहाँ २९ जना सञ्चारकर्मीले ज्यान गुमाएका थिए, तर यस वर्ष अहिलेसम्म सात पुगेको छ।

अमेरिकामा एक, मेक्सिकोमा तीन र पाराग्वे, ग्वाटेमाला र कोलम्बियामा एक–एक पत्रकारले ज्यान गुमाएका छन्। यी पत्रकारहरूले सशस्त्र संगठन वा सरकारी कोषमा ठगीजस्ता मुद्दाहरूको अनुसन्धान गरिरहेका थिए। अफ्रिका पत्रकारहरूका लागि सबैभन्दा सुरक्षित महादेश साबित भएको छ। तर आइएफजेले क्यामरुन र लेसोथोमा तीन पत्रकारको हत्याको विशेष उल्लेख गर्दै अहिलेसम्म यी घटनाहरूको अनुसन्धान नभएको बताएको छ।

हाल यस वर्ष पक्राउ परेका ३९३ पत्रकार जेलमा छन्। तीमध्ये अधिकांश चीन र हङकङमा छन्, जहाँ ८० पत्रकार पक्राउ परेका छन्। म्यानमारमा ५४, टर्कीमा ४१, रुस र क्रिमियामा ४०, बेलारुसमा ३५ र इजिप्टमा २३ जना पत्रकार पक्राउ परेका छन्।

850
Shares

ट्रेन्डिङ