सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • रुसी सेनामा भर्ती भएका थप ३ नेपालीको मृत्यु

रुसी सेनामा भर्ती भएका थप ३ नेपालीको मृत्यु

920
Shares
रुसी सेनामा भर्ती भएका थप ३ नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा भर्ती भएका थप तीन नेपालीको मृत्यु भएको पुष्टि गरिएको छ ।

मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी रहेका छन् । योसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ । 

रुसी सेनामा भर्ती भएका ४ जना नेपाली अझै पनि युक्रेनी सेनाको कब्जामा छन् । असोज २७ मा बर्दियाका २३ वर्षीय विवेक खत्रीलाई नियन्त्रणमा लिएको युक्रेनी सेनाले सार्वजनिक गरेपछि काभ्रेका सिदार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनलाई पनि क्रमशः युक्रेनी सेनाले कब्जामा लिएको थियो । परराष्ट्र मन्त्रालयले उनीहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी र अन्य कूटनीतिक माध्यमहरूबाट पहल भइरहेको जनाएको छ ।

यसअघि स्याङ्जा, पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागलको मृत्यु भएको थियो ।

920
Shares

ट्रेन्डिङ