सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • ६ वर्षीया छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा बुबा पक्राउ

६ वर्षीया छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा बुबा पक्राउ

885
Shares
६ वर्षीया छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा बुबा पक्राउ

नवलपुर | पूर्वी नवलपरासीको कावासोतीमा आफ्नै ६ वर्षीया छोरीमाथि यौन दुर्व्यवहार र यौन हिंसा गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ । घरमा ३ महिनादेखि श्रीमती नभएको बेला ६ वर्षीया बालिकालाई आफ्नै बुबाले पटक पटक यौन हिंसा गरेको घटनामा प्रहरीले आरोपित बुबालाई कावासोतीबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यायल नवलपुरका प्रहरी उपरीक्षक नरहरी रेग्मीले घटनाको अनुसन्धान भईरहेको र आरोपितलाई पक्राउ गरिएको जानकारी दिए । उनले भने, ‘घटना गम्भीर छ, बालिकाको आमालाई बोलाएर बालिकालाई आमाको जिम्मा लगाइएको छ । अब बालिकाको स्वास्थ्य परीक्षण गरेर कारवाही प्रक्रियालाई अगाडि बढाउने छौं ।

कावासोती नगरपालिका निवासी पीडित ६ वर्षीया बालिका माथि विभिन्न समयमा बुबाबाट यौन हिंसा भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी नरहरी रेग्मीले बताए । उनले भने, ‘यौन हिंसा भएको देखिन्छ, बलात्कार भएको जस्तो देखिदैंन ।’

पीडित बालिकाले आफ्नो बुवाको व्यवहार अस्वभाविक लागेपछि सँगै पढ्ने साथीहरुलाई बताएकी थिइन् । विद्यालयका प्रधानाध्यापकका अनुसार आफ्नो कानमा उक्त कुरा परेपछि बालिकासँग बुझ्दा पटक पटक यौन हिंसा र यौन दुर्व्यवहार गरेको खुलेपछि विद्यालयका शिक्षक शिक्षिकाहरुले प्रहरीलाई खबर गरेका हुन् ।

पीडित बालिकाकी आमा श्रीमानको यातना सहन नसकेर विगत ३ महिनादेखि घर छाडेर बाहिर काम गर्दै आएको बेला यो घटना भएको हो । अब बालिकाको स्वास्थ्य परीक्षण हुने प्रहरीले जनाएको छ ।

885
Shares

ट्रेन्डिङ