सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • कारले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको मृत्यु

कारले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको मृत्यु

995
Shares
कारले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको मृत्यु

काठमाडौं, मंसिर २५ : पोखराको लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाकाे ज्यान गएकाे छ ।

दुर्घटनामा पोखरा महानगरपालिका–२५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा–५ जिरो किमीकी २४ वर्षीया भावना बरालको ज्यान गएकाे कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरू दुवै जना गण्डकी मेडिकल कलेजका विद्यार्थी हुन् ।

आइतवार पोखराबाट तालचोकतर्फ जाँदै गरेको बी एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरी बजारकाे पृथ्वी राजमार्गमा ठक्कर दिएकाे थियो । प्रहरीले कारका चालक मानबहादुर बानियाँलाई पक्राउ गरेका थियाे ।

995
Shares

ट्रेन्डिङ