सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कुकुरले टाेकेकाे शङ्का गरिएका २ जना बालबालिकाकाे ज्यान गयाे

कुकुरले टाेकेकाे शङ्का गरिएका २ जना बालबालिकाकाे ज्यान गयाे

705
Shares
कुकुरले टाेकेकाे शङ्का गरिएका २ जना बालबालिकाकाे ज्यान गयाे

दाङ | दाङमा मङ्सिरको २ गते कुकुरले टोकेको शङ्का गरिएका २ जना बालबालिकाको २ दिनकाे अन्तरमा ज्यान गएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१० उत्तर अमराइका उनीहरूको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

स्थानीय नरेश चौधरीकी ६ वर्षीया छोरी निलमको मङ्सिर २२ गते र गिरिराज वलीका ५ वर्षीय छोरा गम्भीरकाे हिजाे आइतवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले जानकारी दिनुभयो ।

उनीहरूको हातखुट्टा तथा अनुहारमा जनावरले टोकेको घाउका खत थिए । ती बालबालिकाले सानो खैरो कुकुरले टोकेको भने पनि कुकुर, जङ्गली ब्वाँसाे या स्याल केले टोकेको पुष्टि हुन सकेको थिएन । उत्तर अमराई नजिकै वन छ ।

705
Shares

ट्रेन्डिङ