सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नेपालमा धेरै अन्तर्राष्ट्रिय क्रिकेट खेल आयोजना नेपाललाई गर्न दिन आइसिसी अध्यक्षलाई आग्रह

नेपालमा धेरै अन्तर्राष्ट्रिय क्रिकेट खेल आयोजना नेपाललाई गर्न दिन आइसिसी अध्यक्षलाई आग्रह

375
Shares
नेपालमा धेरै अन्तर्राष्ट्रिय क्रिकेट खेल आयोजना नेपाललाई गर्न दिन आइसिसी अध्यक्षलाई आग्रह

काठमाडौँ | राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) अध्यक्ष ग्रेग बारक्लेबीच मंगलबार भेटवार्ता भएको छ।

भेटका अवसरमा दुई पक्षबीच नेपाली क्रिकेटको अवस्था, सम्भावना र आईसीसीले नेपाली क्रिकेटलाई गर्न सकिने सहयोगलगायतका विषयमा छलफल भएको थियो।
उक्त अवसरमा सदस्य–सचिव घिसिङले एसोसिएट राष्ट्रमा टी– २० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्ष स्थानलाई आगामी दिनमा पनि कायम राख्न प्रयासरत रहेको बताउदै पूर्वाधार विकासमा राज्यले चासो दिएर लगानी गरिरहेको बताए।

सदस्य–सचिव घिसिङले नेपाल सरकारले मूलपानी क्रिकेट रंगशाला, चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मोरङको बैजनाथपुरस्थित गिरीजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको स्मरण गराए।

सदस्य–सचिव घिसिङले नेपाल र बंगलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने यू-१९ महिला टी–२० विश्वकपका लागि आइसिसीबाट पनि सहयोगका लागि आग्रह गर्दै विश्वकप आयोजनाका लागि स्वीकृति दिएकोमा आइसिसीलाई धन्यवाद दिए।

अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने विश्वकप पुरुष टी–२० प्रतियोगिताका लागि आइसिसीले राम्रै सहयोग गरेको मैले जानकारी पाएको छु। हामीले पनि आइसिसीबाट यू–१९ विश्वकपका लागि त्यस्तै सहयोगको अपेक्षा गरेका छौं। हाम्रो तर्फबाट पनि तयारीमा कुनै कसर बाँकी राख्दैनौं ।’ सदस्य–सचिव घिसिङले भने– ‘विश्वकप आयोजनाका लागि स्वीकृति दिएकोमा आईसीसीलाई धन्यवाद ।’

सदस्यसचिव घिसिङले नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा दर्शकको उपस्थिति उत्साहजनक रहेको स्मरण गराउदै धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातारण बनाइ दिन आग्रह गर्दै नेपाललाई प्राविधिक पक्ष, खेल सामाग्री, हाइ पर्फमेन्स तालिम केन्द्र स्थापना लगायत विषयमा सहयोगका लागि पनि आग्रह गरे।

अध्यक्ष बारक्लेले एसोसिएट राष्ट्रमा नेपाल फेरि नम्बर एक बन्ने सम्भावना रहेको बताउँदै सीमित श्रोत र साधानका बावजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताए। अध्यक्ष बारक्लेले पूर्वाधारका विषयमा चासो व्यक्त गर्दै नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

375
Shares

ट्रेन्डिङ