सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • जातिय दुर्व्यवहारले भिनिसियस निराश

जातिय दुर्व्यवहारले भिनिसियस निराश

255
Shares
जातिय दुर्व्यवहारले भिनिसियस निराश

काठमाडौं । रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने ब्राजिलियन फुटबलर भिनिसियस जुनियर पत्रकार सम्मेलनमा रोएको विषय अहिले चर्चामा रहेको छ ।

स्पेनविरुद्ध हुने ब्राजिलको मैत्रीपूर्ण खेलअघि आयोजित पत्रकार सम्मेलनमा भिनिसियसले आफूमाथि भइरहेको दुर्व्यवहारका कारण संघर्ष गरिरहेको बताउदै भावुक भएका हुन् । उनले आफूमाथि स्पेनमा जातिय दुर्व्यवहार भइरहेको बताउदै आफुलो कालो जातिको भएका कारण यस्तो दुर्व्यवहार भइरहेको बताएका छन् ।

लगातार हुने यस्ता दुर्व्यवहारले आफु निरास भएको बताउदै भिनिसियसले आफु फुटबल खेलेर रमाउन नपाएको बताएका छन् । उनले भनेका छन्- मलाई माफ गर्नुस, म केवल फुटबल खेल्न चाहन्छु । मेरो क्लब र परिवारका लागि सबथोक गर्न चाहन्छु, मैले यसरी कालोजातिमाथि दुर्व्यवहार भएको देखेको थिइन् ।’

भिनिसियसले आफुलाई क्लबका अध्यक्ष र क्लबले गरेको सपोर्टका कारण आफु बलियो रहेको बताए । उनले भने- मैले स्पेन छोड्ने विषयमा सोचेको छैन, जो जातिवादको दुर्व्यवहार गर्नेले चाहेका छन् । म विश्वको उत्कृष्ट क्लब छोड्न चाहन्न । म क्लबका अध्यक्ष र क्लबले गरेको सहयोगका कारण लगातार बलियो हुने छु ।’

ला लिगाका खेलमा भिनिसियसमाथि लगातार जातीय दुर्व्यवहार हुदै आएको छ । गत बर्षको मे महिनामा रियल मड्रिड र भलेन्सिया बीचको खेलमा मेस्टाला स्टेडियममा दर्शकहरुले भिनिसियसलाई जातीय दुर्व्यवहार गरेपछि खेल १० मिनेटका लागि रोकिएको थियो ।

त्यति रियल म्याड्रिडले सो घटनाको कडा विरोध गरको थियो । त्यस्तै भलेन्सियाले जातीय दुर्व्यवहार गर्ने एक फ्यानको पहिचान भएको भन्दै यो घटनाको निन्दा गरेको थियो ।

255
Shares

ट्रेन्डिङ