सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • ज्यान मार्ने धम्की दिएर रकम असुल्न खोज्ने पक्राउ

ज्यान मार्ने धम्की दिएर रकम असुल्न खोज्ने पक्राउ

630
Shares
ज्यान मार्ने धम्की दिएर रकम असुल्न खोज्ने पक्राउ

रौतहट | रौतहट प्रहरीले फतुवा बिजयपुरबाट ज्यान मार्ने धम्की दिएर रकम असुली गर्न खोजिरहेका एक जनालाई पक्राउ गरेको छ । प्रहरीले फतुवाबिजयपुर–८ का ३५ बर्षिय श्रीभगवान साहलाई पक्राउ गरेको हो । बुधबार राति पक्राउ परेका साहलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी एलिजा गिरीले साहलाई पक्राउ गरी प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि कसुरमा मुद्धा चलाएको जानकारी दिइन् ।

‘साहले ज्यान मार्ने धम्की दिएर रकम असुल्ने योजना बनाएका रहेछन्,‘ उनले भनिन्, ‘हामी यस मुद्दामा अरु पनि ब्यक्ति संलग्न छ/छैन अनुसन्धान गरिरहेका छौँ ।’ डिएसपी गिरीका अनुसार साहले मोबाईल नम्बर ९८०१५७७५१० बाट स्थानीय ब्यापारीलाई पटक-पटक फोन मार्फत् ५० लाख रकम माग्दै आएका थिए ।

रकम नदिए छोरा छोरीको हत्या गर्ने भन्दै फोनबाट धम्क्याएपछि ब्यापारीले प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले मोबाईल नम्बरको पहिचान गरेको थियो । त्यस लगत्तै साहलाई गाउँबाट बुधबार राति पक्राउ गरेको हो ।

साहले पुस १० गते देखि नै ब्यापारीलाई फोन गरेर रकम मागेका थिए । प्रहरीले पीडित ब्यापारीको नाम गोप्य राख्न अनुरोध गरेको छ । साहसँगै केही मानिसको सलग्नता रहेको भएपनि फरार भएकाले उनीहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

630
Shares

ट्रेन्डिङ