सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • निधीले शक्ति देखाउदाँ कांग्रेस बद्नाम

निधीले शक्ति देखाउदाँ कांग्रेस बद्नाम

4475
Shares
निधीले शक्ति देखाउदाँ कांग्रेस बद्नाम

स्थानीय निर्वाचन गराउने तयारीमा लागेको नेपाली कांग्रेस पार्टी भित्रकै गन्जागोलले अस्त ब्यस्त भएको छ । विशेष कांग्रेस भित्रकै देउवा गुट समाल्न नसकेका शभापति शेरबहादुर देउवा थाल खाउँ की भात खाउँमा पुगेका छन् । नेपाल प्रहरीको काण्डले मुखमै आएको प्रधानमन्त्रीको पद समेत अल्मलमा परे पछि देउवालाई के गरु र कसो गरु भएको छ । वामपन्थीहरूको एकतालाई टुटाएर कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा सरकार बनाउन सफल भएका देउवालाई आफैले अति विश्वास गरेको नेता तथा उप प्रधानमन्त्री एबं गृहमन्त्री बिमलेन्द्र निधिका कारण पनि उनी सकसमा परेका हुन् ।
भारतको अति विश्वास भनिएका गृहमन्त्री विमलेन्द्र निधिले विभिन्न विषयमा फसाउँदै लगेका छन् । जसरी प्रहरीको आइजीपी नियूक्ती काण्ड नै बन्यो । त्यसो त उनले सभापतिमा निर्वाचित हुने बेला खुमबहादुर खड्कासँग भएको सहमतिलाई पनि उल्टाउन लगाएर देउवा र खड्काको सम्बन्धमा तुसारापात निम्ताए ।
देउवाले आइजीपी नियुक्तिमा चासो राख्नु स्वभाविक पनि हो । तर, आफ्नै पार्टीको सभापतिको निर्देशनलाई मान्नुपर्नेमा निधिले कन्यूनिष्ट निकट पत्रकारहरू प्रयोग गरेर बद्नाम गराउने अभियानमा लागेपछि भने कांग्रेसभित्र चिन्ताको विषय बनेको हो ।
निधिले प्रहरीको आइजीपी नियुक्तिका विषयमा आन्तरिक कुराहरू ‘लिक’ गरेको आरोप छ । स्रोतले भन्यो–‘नवराज सिलवाललाई आइजीपी बनाउने मुडमा रहेका निधिलाई देउवाले आफ्नो लाइनको व्यक्ति चन्दलाई अगाडि बढाउन निर्देशन दिएपछि रिसाएका थिए । त्यसो त निधिले सिलवाल समुहबाट राम्रै बिटो समातेको चर्चा पनि प्रहरी र कांग्रेस वृतमा अझै सेलाएको छैन् । स्थानीय चुनावका बेला एमालेका गृहमन्त्री बामदेव गौतमले आफ्नो पार्टीलाई जिताएको कुरा अहिले निधिले भुलेको आरोप कांग्रेसका नेता तथा कार्यकर्ताहरूले भन्न थालेका छन् । उनी आफै स्थानीय चुनावको विपक्षमा भिडेका छन् । यस भित्रको रहस्य के हो रु खोजीको बिषय बनेको छ ।
तत्कालिन समयमा गौतम गृहमन्त्री हुदाँ राज्य संयन्त्रमा आफू निकट मान्छे नहुँदा त्यति बेलाको स्थानीय चुनावमा कांग्रेसले ठूलो मूल्य चुकाउनु परेको थियो ।
त्यसको मूल्य अहिले पनि कांग्रेस कार्यकर्ताले गाउँगाउँमा चुकानु परेको छ ।
‘कांग्रेसले आफूलाई सहयोग गर्ने व्यक्तिलाई नै अगाडि बढाउनु पर्छ । वामपन्थीहरूलाई कुनै पनि हालतमा सहयोग गर्न सकिँदैन,प्रहरीको आईजीपी नियूक्तीको बिषयलाई लिएर एक नेताले राजतिलाक साप्ताहिकलाई भने । निधिका पछिल्ला गतिविधी शंकास्पद हुन थालेकोमा देउवा पनि सशंकित भएका छन् । उनले निधिका हरेक निर्णय र प्रस्तावलाई प्रचण्ड क्याबिनेटभित्र गम्भीर रुपमा पटक–पटक छलफल गर्न आफुलाई जानकारी गराउन प्रचण्डलाई आग्रह समेत गरेका छन् ।

4475
Shares

ट्रेन्डिङ