सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बहुबिवाह मुद्दामा फरार एक महिला पक्राउ

बहुबिवाह मुद्दामा फरार एक महिला पक्राउ

785
Shares
बहुबिवाह मुद्दामा फरार एक महिला पक्राउ

काठमाडौँ | झापाबाट बहुबिवाह मुद्दामा फरार रहेकी एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार झापाको हल्दीबारी गाउँपालिका २ घर भई हाल भद्रपुर नगरपालिका ७ बस्ने २६ वर्षीय संगीता पुरीलाई पक्राउ गरेको हो ।

पुरीमाथि २०८० जेठ ४ गते जिल्ला अदालत झापाले बहुबिवाह मुद्दामा २ वर्ष कैद, २० हजार जरिवाना र ८ सय क्षतिपूर्ति शुल्कको फैसला गरेको थियो । सो फैसलालगत्तै फरार रहेकी उनलाई प्रहरीले ७ महिनापछि बिहीबार पक्राउ गरेको हो ।

पुरीलाई फैसला कार्यान्वयनका निमित्त झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशमा कैद भुक्तानका लागि जिल्ला कारागार झापा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

785
Shares

ट्रेन्डिङ