सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई

590
Shares
भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले हात पारेका छन् ।

बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् ।  यस्तै, करबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित  भएका छन् ।

उपाधिका लागि चार फाइनलिस्टबीच प्रतिस्पर्धा भएको थियो । दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेका हुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् ।

तीन हजार दर्शक अटाउने गोदावरीको खचाखच सनराइज हलमा तीन घण्टा लामो ग्राण्ड फिनाले चलेको थियो । फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिएका थिए ।

590
Shares

ट्रेन्डिङ