सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • त्रिभुवन विमानस्थलमा अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय यात्रु आवतजावत

त्रिभुवन विमानस्थलमा अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय यात्रु आवतजावत

525
Shares
त्रिभुवन विमानस्थलमा अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय यात्रु आवतजावत

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ मा अहिलेसम्मकै धेरै यात्रु आवतजावत गरेका छन् ।

सन् २०२३ मा त्रिभुवन विमानस्थलको बाटो भएर ४५ लाख ४१ हजार १३७ जनाले आवतजावत गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

सन् २०२३ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण संख्या ३१ हजार ४६० रहेको छ । यो अवधिमा नेपालबाट २४ लाख २० हजार ७८७ जना विदेश गएका छन् भने २१ लाख २० हजार ३५० जना नेपाल भित्रिएका छन् । 

कोरोना महामारीको समयअघि सन् २०१८ मा भन्दा ४.५ प्रतिशतले बढी रहेको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

525
Shares

ट्रेन्डिङ