सबैको समाचार
बुधबार, बैशाख २६, २०८१

भाते परराष्ट्रमन्त्री

3185
Shares
भाते परराष्ट्रमन्त्री

अमेरिकाको टेक्सास पुगेका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत दिल्ली पुगेर नेपाल फर्केका छन् । उनले अमेरिकामै खुलस्त भनिदिए– स्थानीय तह, राष्ट्रियसभा र केन्द्रको निर्वाचन गर्नुछ, संविधान संशोधन गरेर कार्यान्वयन गर्ने दायित्व पूरा गर्नुछ, यही विषयमा सल्लाह गर्न र सुझाव दिन दिल्ली जान लागेको हुँ ।
नेपालको आन्तरिक मामिलामा भारतलाई किन समावेश गर्ने भन्ने बहस चलिरहेको छ, परराष्ट्रमन्त्री निर्वाचन र संविधान संशोधनमा के गरौं भनेर दिल्लीमा सुझाव लिन जान्छन् भने यस्ता परजीवी परराष्ट्रमन्त्रीलाई भाते परराष्ट्रमन्त्री नभने के भन्ने ? यो विश्लेषकहरुको आरोप हो ।
पहिले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतको भ्रमणमा गएर संयुक्त विज्ञप्तिमा नेपालको आन्तरिक मामिला घुसाएर आए । त्यही मार्ग कांग्रेसका नेता तथा परराष्ट्रमन्त्रीले पछ्याएका छन् । यसपछि राष्ट्रवादीहरुको तीब्र प्रतिक्रिया आएको हो– दिल्लीको बासमती चामलको बासीभात खानेहरुको बुद्धि कहाँ स्वाभिमानी हुन्छ र ?
हिन्दी गीत छ, जति चावी भर्यो रामले, उति नाच्ने हो । प्रचण्डदेखि प्रकाशशरणसम्म दिल्लीको ताल र चालमा नाचिरहेको देखियो । लोकतन्त्र भनेको त भारततन्त्र पो आइसकेछ ।

3185
Shares

ट्रेन्डिङ