सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • मह खाँदा ७ जना बिरामी, दुईकाे अवस्था गम्भीर

मह खाँदा ७ जना बिरामी, दुईकाे अवस्था गम्भीर

4995
Shares
मह खाँदा ७ जना बिरामी, दुईकाे अवस्था गम्भीर

धादिङ / धादिङमा भीरमौरीको मह खाँदा ७ जना बिरामी परेका छन् । रुवीभ्याली गाउँपालिका-४, बोराङमा भीरमौरीको मह खाँदा बिरामी भएका ७ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामी परेका कान्छा लामा र तेसमान तामाङलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको छ ।

मह खाएपछि बिरामी भएका मोक्ता लामा तामाङ, हिमाल विक, लालु विक, सुष्मा तामाङ, मि लामा तामाङको बोराङमै रहेको स्वास्थ्य बिन्दुमा उपचार भइरहेको वडाअध्यक्ष प्रशान्त तामाङले जानकारी दिनुभयो । मह खाएपछि उनीहरुमा काँप्ने, वाकवाकी लाग्नेजस्ता लक्षण देखिएको तामाङले जानकारी दिनुभयो ।

4995
Shares

ट्रेन्डिङ