सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • छोरी–बुहारीलाई निःशुल्क स्नातक

छोरी–बुहारीलाई निःशुल्क स्नातक

530
Shares
छोरी–बुहारीलाई निःशुल्क स्नातक

इलाम । लामको १० नगरपालिकामध्ये सूर्योदय नगरपालिकाले छोरी–बुहारीलाई पढाइबाट वञ्चित हुन नदिन निःशुल्क स्नातक पढाउदै आएको छ ।

विशेषगरी विवाहपछि महिलाले घरका काममै अलमलिनु पर्ने परम्परागत संस्कारको अन्त्य गर्नका लागि छोरी बुहारीलाई नगरले निःशुल्क स्नातक पढाउदै आएको हो ।

‘नगरको इच्छा बुहारीलाई शिक्षा, नगरको इच्छा छोरीलाई शिक्षा’ भन्ने मुल नाराका साथ नगरले शतप्रतिशत छात्रावृद्धिमा नगरको एक मात्र क्याम्पस करफोक बिद्या मन्दिर बहुमुखी क्याम्पसमा छोरी बुहारीलाई पढाउन थालेको चार वर्ष भइसकेको छ । 

नगरले यस शैक्षिक सत्रमा ४० जना छोरी बुहारीलाई स्नातक पढाउनका लागि सम्झौता गरेको छ । हालसम्म उक्त कार्यक्रममा सहभागी एक सय ९४ जनामध्ये २७ जनाले स्नातक उर्तीण गरिसकेको क्याम्पस प्रमुख गोपाल कट्टेलले जानकारी दिएका छन् । छात्रावृतिमा छोरी बुहारीलाई क्याम्पसमा हाल बिबिए, बिबिएच, बिएड र बिए अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । 

नगर प्रमुख रण बहादुर राईले नारीलाई राम्रो शिक्षा नदिएसम्म सभ्य समाज निर्माण हुन नसक्ने भएकाले छोरी बुहारी शिक्षा कार्यक्रम सुरु गरिएको जानकारी  दिएका छन् ।

महिलाहरु पनि निःशुल्क पढ्न पाएपछि घरका काम छोडेर क्याम्पस आउने गरेका छन् ।   विशेषगरी विपन्न परिवारका महिलाका लागि छोरीबुहारी शिक्षा कार्यक्रम बरदान सावित भएको क्याम्पस सञ्चालन समिति सदस्य ललिता नेपालले बताएकी छिन् ।

530
Shares

ट्रेन्डिङ