सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेमा पोखरीमा डुबेको अवस्थामा एक किशोरको शव फेला

काभ्रेमा पोखरीमा डुबेको अवस्थामा एक किशोरको शव फेला

8600
Shares
काभ्रेमा पोखरीमा डुबेको अवस्थामा एक किशोरको शव फेला

काभ्रे :  काभ्रेको बनेपामा पोखरीमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ ।

बनेपा नगरपालिका वडा नम्बर ८ मा रहेको लायकुको तलापुखुफु पोखरीमा डुबेको अवस्थामा शव फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय बनेपा डिएसपी रेशम बोहराका अनुसार शव आज विहानी फेला परेको हो । डुबेको अवस्थामा रहेको शव प्रहरीले उद्दा गरेको थियो ।

मृतकको साथबाट प्रहरीले रोशी गाउँपालिका वडा नम्बर ५ सिसाखानी साविकको वडा नम्बर ३ को धर्मसिङ तामाङ नाम रहेको नागरिकता भेटाएको छ । त्यसैको आधारमा उनका आफन्तले सम्बन्धित वडा अध्यक्षलाई खबर गरिएको डिएसपी बोहराले जानकारी दिनुभयो ।

शव पोष्टमार्टमका लागि बनेपा स्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ । आफन्त आएपछि मात्रै शवको पहिचान हुने प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको डिएसपी बोहराले बताउनुभयो ।

8600
Shares

ट्रेन्डिङ