सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • कारागारको शौचालयमा बन्दी मृत फेला

कारागारको शौचालयमा बन्दी मृत फेला

400
Shares
कारागारको शौचालयमा बन्दी मृत फेला

सप्तरी । बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन् । 

हनुमाननगर कङ्कालिनी नगरपालिका– ६ का १९ वर्षीय देवेन्द्र मण्डल आज मृत अवस्थामा फेला परेका कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिएका छन् । मण्डलको शव कारागारभित्र शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको हाे ।

गत साउन १३ गते राति बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीले मण्डललाई साउन १७ गते पक्राउ गरेको थियो । 

पासोमा झुण्डिएर आत्महत्या गरेका मण्डलको परिवारलाई घटना थाहा पाएलगत्तै कारागारले जानकारी दिएको निमित्त कारागार प्रशासक दासले जानकारी दिएका छन् ।

400
Shares

ट्रेन्डिङ