सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • जन्ती बोकेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते   

जन्ती बोकेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते   

870
Shares
जन्ती बोकेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते   

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृत्य हुने दुवै जनाको खनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

870
Shares

ट्रेन्डिङ