सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • भीरबाट खसेर पर्यटकको मृत्यु

भीरबाट खसेर पर्यटकको मृत्यु

545
Shares
भीरबाट खसेर पर्यटकको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ को मिर्सा भीरबाट खसेर एक जर्मन नागरिकको मृत्यु भएको छ । 

अन्दाजी २० वर्षीया जर्मन नागरिक पिया जोस शनिवार साँझ भीरबाट खसेकी थिईन् । सशस्त्र प्रहरी बलको टोलीले शनिवार बिहान जोसलाई भीरबाट निकालेको थियो । पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानका चिकित्सकले जोसलाई बिहान साढे १० बजे मृत घोषण गरेको हो ।

जोसको शव प्रतिष्ठानको गण्डकी क्षेत्रीय अस्पतालमै राखिएको छ । जोससँगै घुम्न गएका एक अमेरिकन नागरिक पनि अहिले गण्डकी अस्पतालमै रहेको र उनीसँग सोधपुक्ष भइरहेको प्रहरीले जनाएको छ । 

545
Shares

ट्रेन्डिङ