सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेका जेष्ठ नागरिकलाई दोस्रो डोजको कोभिशिल्ड खोप लगाउने

काभ्रेका जेष्ठ नागरिकलाई दोस्रो डोजको कोभिशिल्ड खोप लगाउने

4720
Shares
काभ्रेका जेष्ठ नागरिकलाई दोस्रो डोजको कोभिशिल्ड खोप लगाउने

काभ्रेका जेष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले एक सूचना जारी गर्दै जेष्ठ नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज लगाउने बताउनुभएको हो ।

२०७७ साल फागुन २३ देखि २९ गतेसम्म कोभिशिल्ड खोपको पहिलो डोज लगाएका जेष्ठ नागरिकलाई यहि साउन २५ र २६ गते दोस्रो डोजको खोप लगाइने बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर झाले बताउनुभयो । खोपका लागि सम्बन्धी नगरपालिका र गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

खोप लगाउन जाँदा यस अघि पहिलो डोज खोप लगाएको कार्ड लिएर जान स्वास्थ्य कार्यालय काभ्रेले भनेको छ । त्यस्तै मास्कको अनिर्वाय प्रयोग गर्न र खोप केन्द्रमा भिडभाड नगर्न कार्यालयले आग्रह गरेको छ ।

4720
Shares

ट्रेन्डिङ