सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • साढे २४ किलो चरेससहित पाँच जना पक्राउ

साढे २४ किलो चरेससहित पाँच जना पक्राउ

750
Shares
साढे २४ किलो चरेससहित पाँच जना पक्राउ

कपिलवस्तु  । कपिलवस्तुको कृष्णनगरबाट लागु औषध चरेससहित पाँच जना पक्राउ परेका छन् । 

खनियाबास गाउँपालिका ५ धादिङका ५९ वर्षीय सेती तामाङको साथमा ५ किलो ५५५ ग्राम, वर्ष ६६ को रेगदोन तामाङको साथमा ५ किलो ३६५ ग्राम, वर्ष ५२ को साङ जोम तामाङनीको साथमा ५ किलो ४८० ग्राम चरेस बरामद गरिएको छ । यसैगरी सिद्ध कुमाख गाउँपालिका ४ सल्यानका ४० वर्षीय थलबहादुर रोकाको साथमा ४ किलो ६१५ ग्राम र भूमे गाउँपालिका २ रुकुमपूर्व घर भई हाल लमही नगरपालिका ४ बस्ने  ३७ वर्षीय भावना बुढाको साथमा ३ किलो ५४५ ग्राम लागू औषध चरेस फेला परेको हो । सेती अघिल्लो पटक धादिङ र कृष्णनगरमा चरेससहित पक्राउ परेकी थिइन् । धरौटीमा छुटे पछि प्रहरीले सेतीलाई निगरानीमा राखेको थियो ।

सेती अघिल्लो पटक धादिङ र कृष्णनगरमा चरेससहित पक्राउ परेकी थिइन् । धरौटीमा छुटे पछि प्रहरीले सेतीलाई निगरानीमा राखेको थियो ।

भारत लैजान लागेको अवस्थामा २४ किलो ५ सय ६० ग्राम चरेस बरामद गरिएको हो । रुकुमपूर्व ल्याइएको चरेस कृष्णनगर हुँदै भारत पुर्‍याउन खोजेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए ।

750
Shares

ट्रेन्डिङ