सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • १० जना फरार अभियुक्त पक्राउ

१० जना फरार अभियुक्त पक्राउ

380
Shares
१० जना फरार अभियुक्त पक्राउ

कञ्चनपुर | जिल्ला प्रहरी कार्यालयले शुक्रबार एकै दिन १० जना फरार कसुरदारलाई पक्राउ गरेको छ ।

जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी अदालत र जिल्ला प्रशासन कार्यालयमा बुझाएको हो ।

पक्राउ पर्नेमा २०७० देखि हालसम्म विभिन्न मितिमा फैसला भएर जरिवाना तोकिएकाहरु छन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डांगीका अनुसार उनीहरुमा १ सय २५ रुपैयाँदेखि ४९ हजारसम्म जरिवाना पाएका छन् ।

380
Shares

ट्रेन्डिङ