सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एमाले काभ्रे अधिवेशन: मतदान सुरु

एमाले काभ्रे अधिवेशन: मतदान सुरु

2865
Shares
एमाले काभ्रे अधिवेशन: मतदान  सुरु

 

नेकपा एमाले काभ्रेको जारी १० औं जिल्ला अधिवेशनमा मतदान सुरु भएको छ ।

मतदान धुलिखेल नगरपालिकाको सभाहलमा बिहान ९ बजेबाट सुरु भएको हो । विद्युतीय भोटिङ मेसिनबाट मतदान भईरहेको छ ।७९ जना निर्वाचन गराउन मतदान भईरहेको हो ।

कुल १०५ जना सदस्य रहने जिल्ला कमिटीका २६ जना पहिलो दिनकै बन्दसत्रले सर्वसम्मत चयन गरिसकेको छ । अध्यक्षमा अशोक कुमार ब्याञ्जु श्रेष्ठ र उपसचिबमा रिता ढकाल सहित पार्टी एकता प्रकृयामा आएकालाई जिल्ला कमिटीमा सर्वसम्मत चयन गरेको हो ।

आज एक जना उपाध्यक्ष, एक जना सचिब र एक जना उपसचिब सहितका जिल्ला सदस्य पदमा निर्वाचन हुनेछ । हदैसम्मको प्रयास गर्दा पनि सहमति नजुटेपछि निर्वाचन जानु परेको नेताहरूले बताएका छन् ।

कञ्चन अधिकारी, चन्द्र लामा र हरिशरण दाहालले उपाध्यक्ष्मा उम्मेदवारी दिनुभएको छ । एक जना सचिबमा तीन जनाको उम्मेदवारी परेको छ । सचिबमा राजन भुर्तेल, इन्द्र बहादुर तामाङ र रुद्र बहादुर तामाङको उम्मेदवारी परेको छ ।

त्यस्तै २ दुई जना उपसचिब पदमा ६ जनाको उम्मेदवारी परेको छ । यद्यदी रिता ढकालको नाम हिजोकै बन्दसत्रले सर्वसम्मत गरेको छ । त्यस बाहेक राजकुमार सापकोटा, कुमार तिमल्सिना, बिदुर प्रसाद हुमागाई, दिलिप तामाङ र महेश्वर जंगम हुनुहुन्छ ।

७९ पदका लागि २३८ जना उम्मेदवार रहेका छन् । १४०५ जना अधिवेशन प्रतिनिधी छन् । विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएकाले मत परिणाम छिट्टै आउनेछ ।

 

2865
Shares

ट्रेन्डिङ