सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा दुई मोटरसाईकल आपसमा ठोक्कियो, ३ जना घाइते

काभ्रेमा दुई मोटरसाईकल आपसमा ठोक्कियो, ३ जना घाइते

38615
Shares
काभ्रेमा दुई मोटरसाईकल आपसमा ठोक्कियो, ३ जना घाइते

काभ्रे । बीपी राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नरगपालिका वडा नम्बर २ स्थित बीस किलोमा दुई मोटरसाईकल आपसमा ठोकिदाँ तीन जना घाइते भएका छन् ।

आज विहान काभ्रेभन्ज्याङबाट भकुण्डेबेसी तर्फ आउँदै गरेको बा ८२ प ५२२५ मोटरसाईकलले बिपरित दिशाबाट आईरहेको प्रदेश ३–०२०१२ प ६९५९ नम्बरको मोटरसाईकलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक सर्लाही मलंगवाका १९ बर्षीय चन्दन शाहको टाउकोमा गहिरो चोट लागेको र अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सोही मोटरसाइकल सवार सर्लाहि हरिपुर्ण नगरपालिकाका १८ बर्षीय अभिषेक शाह सामान्य घाइते छन् ।

त्यस्तै नमोबुद्व नगरपालिका वडा नम्बर १० का १७ बर्षीय समीर रम्तेलको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।

38615
Shares

ट्रेन्डिङ