सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • २ वटा बन्दुकसहित ७ जना पक्राउ

२ वटा बन्दुकसहित ७ जना पक्राउ

380
Shares
२ वटा बन्दुकसहित ७ जना पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-११ भुस्नापुरमा २ वटा बन्दुकसहित ७ जना पक्राउ परेका छन् ।

दुईनाले बन्दुकसहित पक्राउ पर्नेमा लक्ष्मण शाही, केबलबहादुर चन्द, युवराज ढुंगाना, दुर्गा वीरजंग ठकुरी र सरिप चन्द छन् । इलाका प्रहरी कार्यालय प्रमुख इन्स्पेन्टर गणेश सुवेदी नेतृत्वको टोलीले उनीहरुलाई दुई वटा अवैध बन्दुसहित पक्राउ गरेको हो ।

एकनाले बन्दुकसहित पक्राउ पर्नेमा कुलबहादुर र यमबहादुर शाही छन् । उनीहरुको साथमा बन्दुकमा प्रयोग गरिने बारुद, बेरिङ, सीसालगायतका पदार्थ पनि फेला परेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

380
Shares

ट्रेन्डिङ