सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन: प्रधानमन्त्री पुष्पकमल दाहाल

संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन: प्रधानमन्त्री पुष्पकमल दाहाल

365
Shares
संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन: प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई बुधबार सम्बोधन  गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोपका लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन् ।

“सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ ।”

प्रचण्डले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

“यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्‍याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु,” प्रधानमन्त्री प्रचण्डले  बताए ।

365
Shares

ट्रेन्डिङ