सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेसमा भोट माग्ने अनौठो तरिका: शंख फुक्दै भोट माग्दै

काभ्रे काँग्रेसमा भोट माग्ने अनौठो तरिका: शंख फुक्दै भोट माग्दै

5995
Shares
काभ्रे काँग्रेसमा भोट माग्ने अनौठो तरिका:  शंख फुक्दै भोट माग्दै

 

काभ्रे : काभ्रेमा राजनितीक चुनावमा भोट माग्ने अनौठो तरिका देखिएको छ ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रिय अभिवेशन चलिरहेको छ । वडा,पालिका र प्रदेश अधिवेशन सकेको काँग्रेसले आजबाट क्षेत्रीय अधिवेशन गरिरहेका छन् ।

यसैबिच दुई वटा क्षेत्र रहेको काभ्रेमा पनि आज क्षेत्रीय अधिवेशन जारी छ । जस अन्तर्गत प्रतिनिधि सभा क्षेत्र नं २ का एक उम्मेरदवारले आज अनौठो तरिकाले भोट मागेका छन् ।

खस आर्य तर्फबाट केन्द्रिय महाधिवेशनमा प्रतिनिधीको उम्मेरदवार दिएका पुष्माखार महतले शंख फुकेर भोटको अपिल गरेका हुन् ।

उनले शंख फुक्दै आफूलाई अमूल्य मत दिएर जिताउन पनि सम्पूर्ण मतदाताहरुलाई आग्रह गरेका छन् । काभ्रे क्षेत्र नं २ को चुनाव बनेपामा जारी छ ।

https://www.facebook.com/sabaikosamacharonline/videos/415424820064273

5995
Shares

ट्रेन्डिङ