सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • पनौतीको खेती योग्य माटोमा अम्लियपन अत्याधिक, खेतीमा कस्तो पर्छ असर ?

पनौतीको खेती योग्य माटोमा अम्लियपन अत्याधिक, खेतीमा कस्तो पर्छ असर ?

4165
Shares
पनौतीको खेती योग्य माटोमा अम्लियपन अत्याधिक, खेतीमा कस्तो पर्छ असर ?

 

काभ्रे : पनौती नगरपालिकाको अधिकांश भुभागको खेती योग्य जमिनमा अम्लियपनको समस्या देखिएको छ ।

बिश्व माटो दिवसको अवसरमा नगरपालिकाले आयोजना गरेको ४ दिने माटो परीक्षणका क्रममा खेती योग्य जमिनमा अम्लियपनको समस्या देखिएको हो । १ देखि १२ वटै वडाबाट नमुनाको रुपमा ४०३ जना किसानले ल्याएको माटो परीक्षण गरिएको थियो ।

जसमा अधिकांश भुभागको माटोमा अम्लियपन देखिएको नगरपालिकाको कृषि तथा पशुपंक्षी शाखा प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो । माटो जाँच गर्दा माटोमा चाहिने भन्दा करिब ८० प्रतिशत बढी अम्लियपन देखिएको माटो परीक्षणमा सहभागि विज्ञहरुले बताएका छन् ।

रसायनिक मलको अत्याधिक प्रयोग, पोटास मलको कम प्रयोग र हरेक वर्ष एउटै बाली लगाउँदा माटोमा अम्लीयपन देखा पर्ने गरेको कृषि प्राविधिकहरु बताउँछन् ।

माटोको अम्लियपनले उत्पादनमा समेत कमी ल्याउने भएकाले चिन्ताको विषय बनेको छ । नगरपालिकाले तत्काललाई अम्लियपन सन्तुलन कायम राख्न कृृषि चुन वितरण गरेको छ ।

किसानलाई २० टन कृषि चुन वितरण गर्ने लक्ष्य अनुसार आजबाटै निः शुल्क वितरण सुरु गरिएको कृषि तथा पशुपंक्षी शाखा प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

कृषि विज्ञहरुले माटोमा अम्लियपनको मात्रा सुन्तलन कायम राख्न गाईबस्तुको मल, जैविक मल र कृषि चुनको प्रयोग बढाउन सुझाव दिएका छन् । माटो परीक्षण शिविरमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा जाँच गरिएको थियो ।

 

 

4165
Shares

ट्रेन्डिङ