सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश

285
Shares
म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं | इङलिस क्लब म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राती भएको खेलमा न्यु क्यासललाई २-० ले पराजित गर्दै सिटि अन्तिम चारमा प्रवेश गरेको हो ।

सिटीको लागि पोर्चुगलका स्टार मिडफिल्डर सिल्भाले दुबै गोल गरेका थिए । खेलको १३औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । उनले रोड्रीको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि सिल्भाले ३१औं मिनेटमा रुवेन डियासको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । यो गोल नै सिटिको लागि बिजयी गोल बन्न पुग्यो ।

शनिवारनै भएको अर्को क्वाटरफाइनल खेलमा कोभेन्ट्री सिटीले वल्भ्सलाई ३-२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।

एफए कप अन्तर्गत आज राति चेल्सी र लेस्टर सिटी तथा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच प्रतिस्पर्धा क्वाटरफाइनलको खेलहरु हुनेछन् ।

285
Shares

ट्रेन्डिङ